भक्तपुरमा नौ दिनसम्म मनाइने बिस्केट जात्रा आजबाट सुरु

२८ चैत, काठमाडौँ । भक्तपुरमा आजदेखि बिस्केट अर्थात् बिस्काः जात्रा सुरु हुँदैछ । भैरवनाथ र भद्रकालीको रथ आज दिउँसो दुई बजे तानेर रथजात्रा सुरु हुने जनाइएकाे छ ।

भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक बिस्काः जात्रा आठ रात र नौ दिनसम्म मनाइने गरिन्छ । यो जात्रा आउँदो वैशाख पाँच गतेसम्म सञ्चालन हुनेछ ।

यसपालि भैरवनाथको रथ टमौढीबाट पूर्वमा बुलुबुलु हिटी र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने भएको छ । त्यस क्रममा आवश्यक व्यक्तिबाहेक अरुलाई रथमा चढ्न रोक लगाइने भएको छ । भैरवनाथको महास्नान पूजा र नित्यपूजा अहिले भइरहेको छ ।

लिच्छविकालदेखि सुरु भएको जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन रहेको छ । यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि भैरवनाथकै रथ तानेर गरिन्छ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य सुरुको दिन टौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिङ्गो ठड्याउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथलाई तानेर सम्पन्न गर्ने गरिन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment