कतैबाट ठोस रूपमा समर्थन पाउन नसकेको प्रचण्डको खुलासा

२८ चैत्र, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५ प्रतिशत नपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको बताएका छन् । शनिबार कर्णाली प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अविश्वासको प्रस्तावमा ठोस रूपमा कतैबाट समर्थन पाउन नसकेको खुलासा गरेका हुन् ।

उनले अदालतले विघटन गरिदिए पनि एकताको झन्डा उठाइराख्नुपर्ने बताए । पुस ५ गतेको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट विस्थापित गरेको बताए ।

ओली सरकार अब धेरै टिक्दैन उनले भने, ‘अब चाँडै नयाँ सरकार गठन हुन्छ । सरकारको नेतृत्वमा को जान्छ भन्ने महत्वपूर्ण होइन। प्रधानमन्त्री को भन्दा पनि सरकार संविधान अनुसार चल्ने हुनुपर्छ भन्ने हाम्रो कुरा हो। अब यो सरकार धेरै दिन टिक्दैन।’

तर, अदालतले पार्टी नै विघटन गरेपछि उनले कमजोर भएको महसुस पनि गरे । उनले विघटित नेकपाका माधवकुमार नेपाल समूहसँग गहिरो माया-प्रीति भइरहेका बेला अदालतले ‘डिभोर्स’ गराइदिएको बताए ।

“लव परिरहेका बेला अदालतले डिभोर्स गराइदियो,” उनले भने, “अदालतले त्यसो गर्न मिल्छ त ? हामीले यसलाई अप्राकृतिक भनेका छौँ ।”

उनले नेकपा निर्माणपछि आफ्नो समूह, हिजोका लडाकु, संरचनामा ध्यान दिन नसकेको र त्यसको अनुभूत अहिले भित्र-भित्रै भइरहेको पनि बताए । कर्णाली प्रदेश हिजो, जनयुद्धकालमा आधारा इलाका रहेको र अहिले पनि हुनसक्ने बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment