आजबाट १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट

२७ चैत, एजेन्सी । आजबाट १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट सुरु हुदै छ ।

आज हुने पहिलो खेलमा चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोर बीचको खेल हुनेछ ।

उक्त उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

एमए चिदंबरम स्टेडियममा खेल हुनेछ । यी दुवै टोली जितको लक्ष्य सहित मैदान उत्रिने छन् ।

दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ । पछिल्लो पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ । बैंगलोरले २ खेल जितेको छ । गत सिजनको दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए ।

यो पनि पढ्नुहोस् :



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment