सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपिओ भोली शुक्रबार बाँडफाँट हुने

२६ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओ भोली शुक्रबार (चैत्र २७) गते बाँडफाँट हुने भएको छ ।

बिक्रि प्रबन्धक मेगा क्यापिटलले चैत्र २५ गते आईपिओको प्रि अलोटमेन्ट गरेर चैत्र २७ गते आईपिओ बाँडफाँड गर्ने तयारी गरेको हो । शेयर क्यापिटलकै कार्यालयमा बाँडफाँट हुने क्यापिटलले जनाएको छ ।

क्यापिटलले मेरोशेयरमा पटक पटक समस्या आएकोले आईपिओ बाँडफाँडमा ढिलाई भएको जनाएको छ ।  

कम्पनीको आईपिओमा  ९ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन बेलुका ५ बजेसम्ममा १६ लाख २३ हजार ४ सय ५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४ सय ५० कित्ताको लागि आवेदन परेको थियो ।  यो माग भन्दा ९.१६ गुणा बढी हो ।

कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि  एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो । जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।  बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।  

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आइपिओ गोलाप्रथाबाट २ लाख ६९ हजार ७ सय जनाले मात्र पाउने छन्।  यस हिसाबमा आवेदन दिएका मध्ये १३ लाख बढी आवेदक हात खाली हुने छन् ।  यद्यपि यो आवेदन फेरिफाई  हुनु अगाडीको डाटा रहेकोले यो संख्यामा केहि तलमाथि हुन सक्ने छ ।  

कम्पनीले यस अघि  आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ। 



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment