१६ वटा कम्पनीहरु आईपिओ निष्काशन गर्ने तयारीमा

२६ चैत, काठमाडौं । स्थानीय साथै सर्वसाधारणको लागि १६ वटा कम्पनीको प्राथामिक शेयर आउने पाइपलादनमा तयारी अवस्थामा रहेका छन् ।

नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गर्ने कम्पनीको संख्या १५ पुगेको छ । यी १६ कम्पनीले मध्येबाट कुल ५ अर्ब ८८ करोड ५० लाख १८ हजार ५ सय रकम बराबरको ५ करोड ८८ लाख ५० हजार १ सय ८५ कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेका हुन् ।

आईपिओ निष्काशनको अनुमति माग गर्ने मध्ये १२ जलविद्युत् कम्पनी, दुई लघुवित्त कम्पनी र अन्य समुहका दुईवटा कम्पनी रहेका छन् । जस मध्ये भोटेकोशी जलविद्युतले सबैभन्दा बढि १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।

कसले कति आईपिओ निस्कासन गर्दै

साहस उर्जा लिमिटेड : १ करोड ५ लाख कित्ता,

सामलिङ पावर कम्पनी : १२ लाख ३० हजार कित्ता

बुद्ध भुमि नेपाल हाइड्रो पावर कम्पनि लि :१२ लाख कित्ता

मनकामना स्मार्ट लघुवित वित्तिय संस्था लि : ३८ हजार ९ सय कित्ता

जीवन विकास लघुवित्त वित्तिय संस्था लि : १९ लाख ७७ हजार ३ सय कित्ता

सयपत्रि हाइड्रो पावर लि : ९ लाख कित्ता

बलेफी हाइड्रो पावर लि :३६ लाख ५५ हजार ९ सय ४० कित्ता

ग्रीन भेन्चर लि : ६२ लाख ५० हजार कित्ता

अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनी : ३३ लाख ७ हजार ५ सय कित्ता

हिमालयन हाइड्रो लि : २२ लाख ५० हजार कित्ता

डिस मिडिया नेटवर्क लि : २३ लाख ८५ हजार ९ सय २९ कित्ता

मैलुङखोला जलविद्युत कम्पनि लि : ७ लाख ३६ हजार २ सय ८६ कित्ता

मध्य भोटेकोशी जलविद्युत कम्पनि लि : १ करोड ५० लाख कित्ता

न्यादि हाइड्रो लि : ४० लाख ५० हजार कित्ता

सिइडिबी हाइड्रो विकास कम्पनि लि : २५ लाख १८ हजार २ सय ३० कित्ता

विन्धवासीनि हाइड्रो विकास कम्पनि लि : २५ लाख कित्ता

बोर्डको स्वीकृति पाए लगत्तै यी कम्पनिहरुले आईपिओ जारी गर्ने छन् ।

पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । अनलाइन बाट नै थोरै लगानीबाट छोटो समयमै आकर्षक प्रतिफल प्राप्त गर्न सकिने देखिएपछि लगानीकर्ता आईपिओमा आकर्षित भैरहेका छन् ।



मल्टिमिडिया ग्यालरी

digital khabaripo
Comments (0)
Add Comment