म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनवत्तीसहित प्रदर्शन

लक्ष्मण फुयाल

२५ चैत, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजका समाजिक अभियन्ताहरुले म्यानमारमा भैरहेको सेन्य कु विरोध जनाउदै शान्तिवादीहरुले आँखा-निधारमा कालोपट्टी ,बाँधी मैनवत्ती बोकेर चैत २५ गते साँझ काठमाण्डौ बौद्धमा प्रदर्शन गरेका छन् ।

म्यानमार (बर्मा)का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजद्वारा साँझ ६ः३० देखी ७ बजेसम्म बौद्धनाथ अगाडि आयोजित प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु गीता तिमल्सिना, दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जनभन्दा बढि शान्तिवादीहरुको सहभागिता रहेको काठमाडौं मानवअधिकार तथा शान्ति समाजक सचिव एवंम यस कार्यक्रमका संयोजक इश्वर पुडासैनीले जानकारी दिनुभयो ।

कार्यक्रममा संयोजकको रुपमा मानव अधिकार तथा शान्ति समाजका सदस्य एवंम समाजिक अभियन्ता नानीकाजी गिरी तथा इश्वर पुडासैनीले गरेका थिए ।

उक्त शान्तिपूर्ण विरोध कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजले बर्मामा भैरहेको सैनिकहरुले गरिरहेको नरसंहार गरीरहेको अवस्थामा विरोध जनाउदै , त्यहाँका जनताको लोकतन्त्र लागि प्रजातन्त्रको लागि लडिरहेको जनताको पक्षामा एकेवद्धता जनाउदै त्यस नरंसहारको अन्त्यको लागि र विश्व समुदायमा यस कार्यको विरोधको स्वरुप यो कार्यक्रम गरिरहेको मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार तथा समाजिका अभियन्ता उत्तम पुडासैनीले बताउनुभयो ।

शान्तिपूर्ण प्रदर्शनमा सहभागिहरुले बर्मका नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा गोकर्णेश्वर न.पा.का उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभाावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाउनुभएको थियो ।

बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ र विभिन्न जिल्लामा २० भन्दा बढी प्रदर्शनहरु आयोजना गरिसकेको छ ।

गोकर्णश्वर नगरपालिकाकाी उपमेयर शान्ति नेपालको साथमा अन्य समाजिक अभियन्ताहरु विरोध प्रदर्शनमा सहभागिता जनाउदै

यस्तै मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौं जोरपाटीस्थित शुभसहयोग सहकारी संस्थाको सहयोगमा २०७७ चैत्र २३ गते काभ्रे जिल्लाको चौंरी देउराली गाउँपालिका स्थित फडिम भन्ज्याङ्गमा रहेको ज्वालादेवी आधारभूत बिद्यालयमा अध्ययनरत झण्डै १०० बिद्यार्थीहरुका लागि ८० हजार मुल्यको स्टेशनरी सामग्री बितरण गरिएको छ ।

शान्ति समाजका केन्द्रिय महासचिव रामकृष्ण बरालले संयोजन गरेको सहयोग वितरण कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, काठमाडौं शाखा का.वा सभापति नानिकाजी गिरी, काठमाण्डौ शाखा पूर्व सभापति उद्धब रायमाझी,सदस्यहरु भगवान पुडासैनी र सुरज बोहोरा, ज्वालादेवी विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष उत्तर बहादुर तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment