दक्षिण एसियामा कोरोना सङ्क्रमण दर तीव्र, भारतमा एकैदिन १ लाख १५ हजार बढी संक्रमित

२५ चैत, काठमाडौं । दक्षिण एसियाली देशहरुमा कोरोना भाइरसको सङंक्रमण तीव्र गतिमा फैलन थालेको छ । भारत, बङ्गलादेश, पाकिस्तानलगायत देशहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो ।

कोरोना सङ्क्रमणको सबैभन्दा धेरै असर भारतमा परेको छ । भारतमा एकैदिन १ लाख १५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै नयाँ रेकर्ड कायम भएको छ । योसँगै भारतमा सङ्क्रमितको संख्या १ करोड २७ लाख ९९ हजार पुगेको छ ।

कोरोना सङ्क्रमण सुरु भएयता भारतमा पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ६ सय ३१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार २ सय नाघेको छ ।

भारतमा सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ । सङ्क्रमण उच्च दरमा बढेपछि महाराष्ट्रमा साँझमा कर्फ्युसमेत लगाइएको छ । धेरै सङ्क्रमण देखिएका अन्य प्रदेशमा पनि कडाइ सुरु भएको छ । यस्तै दक्षिण यसियाली देशहरुमध्ये बङ्गलादेशमा पनि कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ ।

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा ७ हजार २ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने ६६ जनाको ज्यान गएको छ । सङ्क्रमण बढ्न थालेपछि बङ्गलादेशमा लकडाउन सुरु भएको छ । यस्तै पाकिस्तानमा पछिल्लो २४ घण्टामा १०३ जनाको ज्यान गएको छ भने झण्डै ४ हजार संक्रमित थपिएका छन् ।

सङ्क्रमण बढेपछि अप्रिल १० देखि पाकिस्तानमा अन्तरप्रदेश यातायात सेवामा रोक लगाइएको छ । भारत, बङ्गलादेश र पाकिस्तानमा सङ्क्रमणको दोस्रो लहर देखिएको छ भने नेपालमा पनि दोस्रो लहरको डर बढेको छ । भुटान र अफगानिस्तानमा भने सङ्क्रमण नियन्त्रण उन्मूख रहेको देखिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment