माओवादी केन्द्रद्धारा एमाले प्रवेश गरेका चार सांसदलाइ कारवाही

२४ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ ।

नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार प्रदेश सांसदलाई कारबाही गरेको छ ।

माओवादी केन्द्रले प्रदेश १ का टंक आङबुहाङ, लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेश सभा सदस्यबाट हटाउने प्रक्रिया सुरु गरेको हो । माओवादी प्रदेश १ संसदीय दलका नेता आङबुहाङ एमाले प्रवेश गरेसँगै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षरित निर्णयमा उनीहरुलाई एमाले प्रवेशबारे स्पष्टीकरण सोधिएकामा प्रभु साह बाहेक अरुले जवाफ नदिएको र जवाफ दिने प्रभुको पनि स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको उल्लेख गरिएको छ ।

संसद सचिवालयले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित चार जना सांसदहरु उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम रोजगार तथा सामाजिक मन्त्री गौरीशंकर चौधरी एमाले प्रवेश गरेकाले उनीहरुमाथि कारबाही गर्न माओवादीले पठाएको पत्र दर्ता भएको जानकारी दिएको छ।

एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।

स्तै पार्टीको निर्णयअनुसार उनीहरु मन्त्रीबाट फिर्ता हुन समेत नमानी पार्टी निर्णय उलंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।
प्रचण्डको निर्णयपछि संसद सचिवालयमा मंगलबार दर्ता गरिएको पत्रमा हाल मन्त्री रहेका चारै सांसदलाई दल त्यागबारेको जानकारी सदनमा पेश गर्न अनुरोध गरिएको छ ।

सर्वोच्च अदालतको फैसलाले नेकपा माओवादी केन्द्र ब्युँतिएपनि हाल मन्त्री रहेका बादल, रायमाझी, भट्ट, साह र चौधरीले माओवादीमा नफर्कने बताएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment