चावहील भत्केकाे पुलस्थीत फर्निसिङ स्टोरमा आगलागी, करिव १ कराेड रुपैयाँ भन्दा बढीकाे क्षति

२४ चैत, काठमाडौँ । काठमाडौँको चावहील भत्केकाेपुलस्थीत फर्निसिङ स्टोरमा आज दिउँसो करिब १ बजे तिर आगलागी भएको छ । अगलागी भएको १० मिनेटमा दमकल, प्रहरी र स्थानीयकाे प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट गाेदामा स्टोर गरी राखिएकाे फर्निसिङका सामग्रीहरु पर्दा, म्याट रेस, पि फमहरू सबै जलेर नष्ट भएका छन् । कराेडाै रुपैयाँ बराबरकाे भन्दा बढिकाे समानहरु आंसिक तथा पुर्ण रुपमा जलेर नस्ट भएकाे नेपाल प्रहरीले जनाएको छ । उक्त आगलागी विद्युत सर्किट सट भएकाे कारण आगाे लागि भएकाे हुन सक्ने प्रत्यक्षदर्शीले बताए । अगलागी लुनार फर्निसिङ स्टोरमा भएको हो ।

लुनार फर्निसिङ स्टोरका सञ्चालक उज्जवल शर्माका अनुसार आगलागीबाट १ कराेड २५ लाख रुपैयाँ भन्दा बढिकाे क्षति भएको जानकारी दिए । गोदाममा करिब १२०-१३० राेल पर्दा साथै अन्य फर्निसिङका समानहरु अरू धेरै सामानहरू गाेदाममा राखिएको थियो ।

समयमै नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकल पुगेका कारण थप क्षति हुन नपाएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

तस्विर : सरोज राई ( फोटो पत्रकार डिजिटल खवर ) : आगलागी नियन्त्रणमा जादै दमकल
तस्विर : सरोज राई ( फोटो पत्रकार डिजिटल खवर ) : आगलागी नियन्त्रणमा लिदै फायर फाइटहरु चावहिल भत्केको पुल एरीया
तस्विर : सरोज राई ( फोटो पत्रकार डिजिटल खवर ) : क्षतिग्रस्त सामानहरु संगै आगो निभाउदै फायर फाइटर
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment