कालो सूचीमा ११ वटा निर्माण कम्पनी

२४ चैत, काठमाडौँ । नेपाल सरकारले ११ वटा निर्माण कम्पनी, ठेकेदार तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ।

गोरखापत्र दैनिकमा  सूचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती ठेकेदार कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ।

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। कालोसूचीमा रहेका कम्पनी निन्म रहेका छन् ।

हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृती कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन, मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा, काठमाडौंको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर. एर निर्माण सेवा र मकवानपुरकै बि.ब्रदर्श निर्माण सेवा रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment