ख्रिस्टियानहरुद्वारा नेपालका ब्राम्हण र क्षेत्रीयहरुलाई फुटाउनु योजना (विज्ञप्ति)

२४ चैत, काठमाडौँ । समाजको यो विविधता आफैमा विशेषता युक्त हुन्छन् । समाज विविधताको सम्मिश्रण हो । राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हो । समाज र राष्ट्का यी विशेषताहरू प्रत्येक राष्ट्को मौलिक पहिचान र गर्वको विषय हुने गर्दछ ।

राष्ट्यि पहिचान र गर्व सँग-सँगै स्थानीय पहिचानको पनि महत्त्व खोजिने विषय स्वाभाविक प्रक्रिया हो । बहुजातीय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । जातीय परम्पराहरू अलग–अलग हुन सक्छन् उनीहरूको रीति रिवाज, लवाई खवाई, मूल्य मान्यता धर्म र सांस्कृतिक क्रियाकलापमा, विविधता रहन्छ । यी सबै पक्षहरूको पहिचान एवं सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्नु नै विविधता व्यवस्थापन हो ।यसैले विविधता व्यवस्थापन प्रजातान्त्रिक शासन प्रणालीको प्राथमिक कार्यसूची बन्ने गर्दछ ।

तर, नेपालमा ख्रीष्टियन मिसिनरीहरु सामाजिक सद्भाव भड्काउन लागिपरेकाले संगाे समाज अराजक्ता तिर जाने संकेत दखिन्छ। विपन्न समुदायलाई प्रलाेवनमा पारेर धर्मान्तरण गर्ने र आफ्ना एजेण्डा स्थापित गर्न उनीहरुलाई नै प्रयोग गर्ने कार्यहरु यसअघि देखि हुँदै आएका छन् ।

नेपालमा पछिल्लो समय आएका केही दस्तावेजले उनीहरु खुल्लम-खुला जातीय द्वन्द्व भड्काउने कार्यमा संलग्न रहेको खुलाशा भएको छ ।
एक विज्ञप्तिमा नेपालमा खसआर्यबीच फुट ल्याउन ख्रिस्टियानहरु सक्रिय रहेको बताइएको छ ।

नेपाल ख्रिस्टियान समाज र नेपाल राष्ट्रिय मण्डली संगतिका नाममा संयुक्त जारी भएको विज्ञप्तिमा स्पष्ट रुपमा नेपालमा ब्राम्हण र क्षेत्रीयहरुलाई फुटाउनु नै आफूहरुको योजना रहेको बताएका छन् ।

ख्रीष्टियान समाजका महासचिव डिल्लीराम पाण्डे र संगतिका महासचिव शेरबहादुर एसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी जनगणनामा आफूहरु सक्रिय भएर जातीय फूट ल्याउने घोषणा गरेका छन् ।

त्यसका लागि देशैभरीचका चर्चमा रहेका पाष्टरहरुलाई पनि लागिपर्न निर्देशन दिएका छन् । विज्ञप्तिमा नेपालको संविधानमा उल्लेखित कानुनमै आपत्ति जनाइएको छ ।

‘नेपालको संविधानमा खसआर्य एकै हुन भनि कानुनमा समेट्नु ख्रिस्टियन जगतका लागि निकै दुःखद कुरा हो’, विज्ञप्तिमा भनिएको छ ।
यूनाइटेड मिसन नेपालको सहयोगमा आफूहरु सक्रिय रहेको भन्दै उनीहरुले खसआर्यलाई एउटैमा परिभाषित गर्नुले धर्मान्तरण गर्न कठिन भएको पनि उल्लेख गरेका छन् ।

विज्ञप्तिमा अघि भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा धर्मान्तर गर्न कठिन हुने देखिन्छ ।’

धर्मान्तरणलाई सहज रुपमा अघि बढाउन ब्राह्मण र क्षेत्री समुदायलाई टुक्र्याउनुपर्ने भएकाले त्यसमा आफूहरु सक्रिय भएको बताएका छन् । अझ गम्भीर कुरा त उनीहरुले आफ्ना मिसिनरीहरुलाई आगामी राष्ट्रिय जनगणनामै प्रभावित पार्नेगरी काम गर्न निर्देशन पनि दिएका छन् ।

‘यसलाई सहज बनाउन अन्तर्राष्ट्रिय स्तरका ख्रिष्टियन संस्थाको विशेष बैठकले ब्राह्मण समुदायलाई आर्य–हिन्दु र क्षेत्रीय समुदायलाई खस–मष्टो बनाएर विभाजन गर्ने रणनीतिअनुसार मिसन अगाडि बढेको सहर्ष जानकारी गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

बाह्मण र क्षेत्रीयलाई नटुक्र्याएसम्म आफूहरुलाई धर्मान्तर गर्न कठिन हुने स्वीकार गरेका छन् । सोही कारण यसपटकको जनगणनामा सम्पूर्ण ब्राह्मण तथा क्षेत्री समुदायका ख्रिष्टियनहरुले आफ्ना घरमा आउने गणकहरुलाई जातिमा खस र धर्ममा मष्ट लेख्न निर्देशन दिएका छन् ।

होसियारीपूर्वक यस कार्यमा लाग्न निर्देशन दिँदै आफूहरुको मिसनबारे जानकारी गोप्य राख्न अपील पनि गरिएको छ ।

यस्तै गतवर्ष जारी भएको अर्को विज्ञप्तिले पनि निकै चर्चा पाएको थियो । जहाँ संविधानसभामार्फत नै सन् २०१५ सम्म नेपाललाई क्रिश्चियन राष्ट्र घोषणा गर्ने अभियान चलिआएको खुलाशा भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment