३७ हजार मासिक किस्तामा महिन्द्रा स्कर्पियो

२४ चैत, काठमाडौँ । महिन्द्राको चर्चित एसयूभी स्कर्पियो हरेक बाटामा उच्च पर्फमेन्स दिन सफल गाडी हो । यसलाई किन्न चाहने मानिसले ३७ हजार मासिक किस्ता बुझाउनेगरि खरिद गर्न सक्ने छन् ।

महिन्द्रा स्कर्पियो नेपाली बजारमा दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.९९ लिटर र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको स्कर्पियोको सुरुवाती भेरियन्टको मूल्य ४९ लाख ३० हजार रुपैयाँ रहेको छ । टु ह्वील ड्राइभ सिस्टमा आउने १९९९ सीसी क्षमताको एस ५ सबैभन्दा कम मूल्यको स्कर्पियो हो ।

यसलाई किन्न चाहने ग्राहकले २४ लाख ६५ हजार रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ भने २४ लाख ६५ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने छन् । कम्पनीको हकमा भने ३० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्न सकिन्छ । थोरै डाउन पेमेन्टमा किन्दा मासिक किस्ता भने धेरै तिर्नु पर्ने हुन्छ ।

हामीले गाडीको मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत कर्जा लिएर स्कर्पियोको इन्ट्री भेरियन्ट किन्दा पर्ने मासिक शुल्क यहाँ प्रस्तुत गरेका हौं । अहिले बैंकले गाडी किन्न चाहनेलाई ७ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् भने कर्जा अवधि पनि ७ वर्ष नै राखेका छौं ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment