बाताबरण संरक्षणको लागि पदयात्रा

२३ चैत, भक्तपुर । हाल नेपाल भरी नै प्रदुशनको कारण बाताबरण गम्भिर असर पुगेको छ । यो असर पर्नको एक कारण मध्ये अत्याधिक रुपमा सवारी साधनको प्रयोग पनि हो । निजी सवारी साधन बाहक र अनाबश्यक यात्राको न्यूनिकरण गर्ने उदेश्यका साथ भक्तपुर टुर्सले नियमित रुपमा पदयात्रा गर्ने गरेको छ ।

यसै सन्दर्भमा नयाँ बर्ष २०७८ को अवसरमा सहरबासी नेपालीहरुलाई कम मात्रमा सवारी साधनमा यात्रा गर्ने सन्देश प्रवाह गर्न बैशाक १ गते ३३ पोखरी पदयात्राको आयोजना गरिएको छ । करीब ३३ हजार फीट लामो उक्त पद यात्रा सामान्य मानिसले ३ घन्टा ३३ मिनेट मा पुरा गर्ने गरेको छ ।

पदयात्रा बिहान साढे सात बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुनेछ । उक्त दिन भीड हुन नदिन दश दश जनाको समूहले एक एक मिनेटको अन्तरालमा यात्रा प्रारम्भ गर्नेछ । उक्त पदयात्रामा भक्तपुरका ३३ वटा साना ठुला पोखरीहरुको अवलोकन गर्न सकिन्छ ।

यो यात्रामा प्रतिष्ठित बैक, सहकारी, स्कूल, कलेज, सरकारी कर्मचारी, कुतनितिक नियोगका अधिकारीहरुको समेत सहभागीता हुनेछ । पदयात्रीहरुको मनोरन्जनको लागि स्थानीय परिकार सहित सम्हे बजीको ब्यबस्था गरिएको छ ।

स्वास्थ्य सुरक्षालाई मध्य नजर गरी सहभागीहरुले चैत ३१ सम्म नाम दर्ता गर्नु पर्नेछ ।

संयोजक
३३ पोखरी पदयात्रा समिति २०७८

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment