दुई दिनदेखि वेपत्ता होटल सञ्चालक निरौला मृत भेटिए

२३ चैत, झापा । दुई दिनदेखि वेपत्ता बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् । बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।

सामाजिक सञ्जालमा उनका आफन्तले खोजि गरिदिन आग्रह गर्दै आएका थिए । आफूले चढ्दै आएको मोटरसाइकल लिएर दुई दिनअघिदेखि बेपत्ता भएको परिवारले प्रहरीलाई बताएको छ । मे. ९ प २२०९ नम्बरको मोटरसाइकलसहित निरौला बेपत्ता भएका थिए ।

हत्या भएको या आत्महत्या भन्ने बारेमा पुष्टि भएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment