भारतीय अभिनेता गोविन्दालाई कोरोना भाइरसको संक्रमण

२३ चैत, काठमाडौं । बलिउडका अभिनेता गोविन्दा अरूण अहुजालाई कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार उनमा कोरोना पुष्टि भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

उनकी श्रीमती सुनिता अहुजाले आइतबार गोविन्दालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। गोविन्दा अहिले होम क्वारेन्टिनमा छन्।
उनमा केही लक्षणहरू समेत देखिएको छ।

‘उनमा आज बिहान कोरोना संक्रमण पुष्टि भएको छ। उनमा सामान्य लक्षण देखिएको छ। उनी घरमै क्वारेन्टिनमा छन् र सुरक्षाका आवश्यक सावधानीहरू अपनाइरहेका छन्,’ सुनिताले भारतीय समाचार संस्था पिटिआइलाई भनेकी छन्।

हालै बलिउडका अभिनेता अक्षय कुमार, आदित्य नारायण झा र उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment