`यो सरकार त संसद विघटन गर्नेबित्तिकै कामचलाउ सरकार हो´

२२ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने नेपाली कांग्रेसको निर्णयको स्वागत गरेका छन् । उनले भने, “कांग्रेसको हिजो निर्णय स्वागतयोग्य छ ।”

‘ओली फेरि संसद् विघटनको तयारीमा’ – देव गुरुङ

उनले पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेको र उक्त कदम सच्चिनुपर्ने भनेको र अदालतले संसद पूनःस्थापना गरेपनि अहिले संसद् सुचारु नभएको गुनासो पोखे ।

प्रधानमन्त्री ओलीको सोच अहिलेपनि संसद् विघटन गर्नेतर्फ नै केन्द्रित रहेको उनको आरोप छ । उनले भने,“हालै राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पनि उहाँले पटक पटक यो संसद चल्न सक्दैन् र फेरि पनि विघटन गर्नुपर्ने कुरा राख्नुभयो । संसद विघटन गर्न सहमति चाहियो भन्नुभयो । प्रधानमन्त्री पुष ५ गतेकै मनस्थितिमा हुनुहुन्छ ।”

उनले वर्तमान सरकारले संविधानविरोधी काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने थियो भन्ने भनाई राखे । उनले भने, “संविधानतः हामीले पुष ५ गते समर्थन फिर्ता लिएसरह हो । यो सरकार त संसद विघटन गर्नेबित्तिकै कामचलाउ सरकार हो ।”



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment