ब्रेकिङ न्युज :गोरखाको बारपाक सुलिकोटमा जीप दुर्घटना

 २१ चैत, बारपाक । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-२ राङरुङमा आज साझ करिब ७ बजे जिप दुर्घटना भएको छ । लाम्जुङ बिचौरबाट घुम्न पुगेको उनिहरु घुमेर फर्किदै गर्दा जिप दुर्घटना परेको हो ।

लम्जुङकाे दुधपाेखरी गाउँपालिका विचाैरकाे बागेश्वरी माध्यमिक विद्यालयका शिक्षक सहित ९ जनाकाे टाेली सवार ना ५ च ३२९८ नम्बरको बलेको जिप बारपाक घुमेर फर्किदै गर्दा राङरुङमा दुर्घटना भएकाे हाे । जिप सडकबाट करिब १ सय मिटर तल खसेको स्थानीयले जनाएका छन् ।

प्रहरी कार्यालय गाेरखाका प्रमुख एसपी शेखर खनालका अनुसार जीपमा ९ जना यात्रु सवार छन् । उनीहरू मध्ये २ जनाकाे अवस्था गम्भिर छ । भने ३ जनाकाे स्थानीय बालुवा स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ । उनीहरूकाे अवस्था सामान्य रहेकाे उनले बताए ।

शिक्षकहरु सवार जीप शनिबार साँझ साँढे छ बजे राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खस्दा दूधपोखरी गाउँपालिका २ बिचौरका ५५ बर्षका रामेश्वर न्यौपाने, ४५ बर्षका ठाकुर दवाडी गम्भीर घाइते भएका छन् ।

उनीहरुको अबस्था चिन्ताजनक रहेको र चिकित्सकले प्रमाणित नगरी यसै भन्न नसक्ने प्रहरीले जनाएको छ । त्यस्तै ३० बर्षका विष्णु दवाडी, २८ बर्षका अनील मरहठ्ठा, १८ बर्षका अमृत दवाडी, २६ बर्षका विष्णु न्यौपाने, २९ बर्षका अमृत दवाडी, तनहूँको व्यास नगरपालिका १ दमौलीका ३६ बर्षका सुशील नराल घाइते भएका छन् ।

दुर्घटनामा परि २जनाको मृत्यु भएको स्राेतकाे भनाइ छ । बारपाकबाट बालुवा तर्फ जादै गरेको ना ५ च ३२९८ नम्बरको बलेको जिप सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment