डुबेको पैसा उठाउन उल्टै ५० प्रतिशत लगानी गर्नुपर्ने

२१ चैत, काठमाडौं । धरासायी बनेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सदस्य झ्न शसंकित बनेका छन् । २०७६ साल चैत्र १५ गतेदेखि बचत फिर्ता गर्ने प्रतिवद्धता संस्थाले जनाए पनि हालसम्म पैसा फिर्ता गर्न सकेको छैन ।

संस्थाको अचल सम्पत्ती विक्रि गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएको थियो । संस्थाको नाममा रहेको जग्गा विक्रि नहुँदा थप संस्था समस्यामा परेको हो । जग्गा विक्रिको लागि बैना भएपनि विक्रि भने हुन नसकेको स्रोतले जनाएको छ ।

संस्थाले केही जग्गा विक्रि गरेर र बैंकबाट ऋण लिएर कात्र्तिकमा केही बचत कर्ताको निक्षेप फिर्ता गराएको थियो । संस्थाले सदस्यबाट उठाएको निक्षेप जग्गाका लगानी गर्नु नै गैकानुनी हो । यस विषयमा नियामक निकाय मौन छ । विगत एक वर्षदेखि संस्था समस्या ग्रस्त भएपनि यस विषयमा नियामक निकाय मौन बसेको छ ।

संस्थाले प्रक्रिया नै पुरा नगरी विशेष साधारणसभा समेत गरेको छ । फागुन ६ गते विशेष साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सदस्य स्वयंमलाई जग्गा विक्रि गर्ने योजना विशेषा साधारणसभाबाट अघि सारेको छ । तर, सदस्यले संस्थाबाट पाउनुपर्ने निक्षेपको ५० प्रतिशत मात्रै कट्टा हुने बताएको छ । बाँकी ५० प्रतिशत रकम भने सदस्यले थप गर्नुपर्ने भएको छ । आफूसँग नगद नभएमा बैंकबाट सरल किस्ताबन्दी समेत मिलाईदिने व्यवस्था गरेको बुझिएको छ ।

संस्थाले माघ २० गते एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन नै प्रकाशित गरी जग्गामा लगानी गर्न आव्हान गरेको थियो । जग्गा विक्रि गरेर उठेको रकमले निक्षेप फिर्ता गर्ने संस्थाले जनाएको छ ।

निक्षेप फिर्ता नपाएका सदस्य जग्गा भएपनि लिन तयार थिए तर ५० प्रतिशत रकम थप गर्नुपर्ने भएपनि थप शसंकित बनेका छन् । राम्रा राम्रा जग्गा नदेखाउने र गुठीको जग्गा किन्न लगाएको उनीहरुको आरोप छ । उक्त जग्गा चलत चल्तीकोभन्दा धेरै मुल्य रहेको एक सदस्यले बताए ।

जग्गा कहाँ कति ?
स्रोतका अनुसार चितवनमा २० विगाहा जग्गा रहेको छ । चितवनको शारदानगर, रामपुर, गीतानगर, रत्ननगर, जगतपुर लगायतमा २० विगाहा जग्गा रहेको छ । त्यस्तै काभ्रेको धुलिखेल, बनेपा र पाँचखालमा करिब ३ सय रोपनी जग्गा रहेको छ । त्यस्तै बाराको निजगढमा पनि १९ विगाहा जग्गा रहेको बुझिएको छ ।

निक्षेप दायित्व
२०७७ पौष मसान्त सम्ममा संस्थाको निक्षेप दायित्व १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार २ सय ८२ रुपैयाँ ७२ पैसा रहेको छ । यो पैसा ७ हजार ७ सय ४३ जनाबाट संकलन गरिएको हो ।

कर्जा तथा सापटी
२०७७ पौष मसान्त सम्ममा संस्थाको कर्जा तथा सापटी हिसाब १ अर्ब ४४ करोड २२ लाख ६८ हजार ५ सय २५ रपैयाँ ८४ पैसा देखिएको छ । संस्थाले कर्जा लगानी गरेको र सापटी दिएको रकम उठाउने हो भने पनि संस्था सामान्य गतिमा आउने देखिन्छ । संस्थाका सञ्चालक तथा केही व्यक्तीले कर्जा लिएर जग्गामा लगानी गरेको प्रष्ट देखिन्छ । जग्गामा विक्रि नहुँदा सदस्यको निक्षेप फिर्ता गर्न नसकिएको देखिन्छ ।

पर्ख र हेरको अवस्थामा सदस्य
ब्याजको प्रलोभनमा सहकारीको सिद्धान्त विपरित बचत गरेको स्पष्ट हुन आएको छ । एउटै व्यक्तिको करोडौं रुपैयाँ संस्थामा फसेको छ । सदस्यहरु संस्था र सञ्चालक विरुद्ध नियामक निकाय र कानुनी बाटो अवल्बन गर्न सकेका छैनन् । त्यस भित्र अनेकन पाटो जोडिएको बुझिएको छ । गत वर्ष स्रोत नखुलेको पैसा संस्थामा भेटिएपछि सहकारी विभागले १० लाख रुपैयाँ जगरिवाना गराएको थियो । संस्थाका अधिकांश पूर्व निजामती कर्मचारीको पैसा फसेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment