नयाँ वर्षमा नयाँ गाडी “नयाँ फिचर”

२१ चैत, काठमाडौँ । अटोबजार पुरानै लयमा फर्किन थालेपछि केही कम्पनीले नयाँ गाडी ल्याएर बिक्री सुरु गरिसकेका छन् भने कतिपयले ल्याउने तयारी गरिरहेका छन् ।

नयाँ गाडी यस्ता छन्
पायोनियर मोटोकर्पले हालै निसानको म्यागनाइट कार नेपाल भिœयाएको छ । एक हजार सिसीको निसान म्यागनाइट बिग, बोल्ड, ब्युटिफुल र करिज्माटिक भएको कम्पनीका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाको भनाइ छ । आकर्षक डिजाइनमा रहेको म्यागनाइट ग्राहकमाझ लोकप्रिय भइसकेको छ । करिब एक दर्जन भेरियन्टमा उपलब्ध म्यागनाइटको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजारसम्म छ । ग्राहकको चाहनाअनुरूप आकर्षक डिजाइन र उच्च प्रविधि प्रयोग गरिएको हुँदा म्यागनाइट नेपाली अटो बजारमा गेमचेन्जर बन्ने कम्पनीको विश्वास छ ।

कोरियन कम्पनी कियाले सबकम्प्याक्ट एसयुभी गाडी सोनेट हालै नेपाल भिœयाएको छ । कियाको नेपाली विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ल्याएको सोनेटले छोटो अवधिमै नेपालीको विश्वास जित्न सकेको छ । आकर्षक डिजाइन र उत्कृष्ट फिचरका कारण सोनेट लोकप्रिय बन्न सकेको हो । सोनेट ३ वटा डिजेल र एउटा पेट्रोल गरी ४ वटा भेरियन्टमा उपलब्ध छ ।

पेट्रोल भेरियन्ट १२ सय सिसी र डिजेल भेरियन्ट १५ सय सिसीमा रहेको सोनेटको मूल्य ३५ लाख ९० हजारदेखि ५७ लाख ९० हजारसम्म रहेको छ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेन्मेन्ट, ६ वटा एयरब्याग, एबिएस, ब्रेक असिस्ट, हिल स्टार्ट असिस्ट कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ७ वटा स्पिकर, एलइडी ल्याम्पलगायत दर्जनौँ विशेषता रहेका छन् । 

हालै मात्र डिएफएसकेको एडभान्स सिरिज ग्लोरी आई–अटो नेपाली बजारमा भित्रिएको छ । डिएफएसकेको नेपाली विक्रेता कुजु नेपाल प्रालिले ग्लोरी आई–अटो कम्प्याक्ट एसयुभी कार भिœयाएको हो । ग्लोरी आई–अटो इन्टेलिजेन्स एसयुभी गाडी हो, जसमा रहेका धेरै फिचरहरू भ्वाइस कमान्डबाटै चलाउन सकिन्छ । यसले ७ सिटर इन्टेलिजेन्स एसयुभीको उपमा पनि पाएको छ । १.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन रहेको यो गाडी अटोमेटिक गियरबक्समा आएको छ । पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई–अटो स्पोर्टी देखिन्छ । यसको मूल्य ८९ लाख ५० हजार तोकिएको छ ।

ब्रिटिस मोटर कम्पनी मोरिस ग्यारेज (एमजी) को नयाँ एसयुभी ‘एचएस’ नेपाली बजारमा भित्रिएको छ । एसयुभी एचएसमा १.५ लिटर टर्बो इन्जिन रहेको छ । ७ स्पिड डिसिटी गियरबक्स भएको यस गाडीमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, इलेक्ट्रोनिक ब्रेक असिस्टलगायत फिचर राखिएका छन् । यो गाडीमा ३६० डिग्री क्यामरा जडान गरिएको छ, जसको सहयोगले साँघुरो बाटोमा पनि सजिलै गाडी कुदाउन सकिन्छ । गाडीको अगाडि र पछाडिका चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्र्यापसहितको पानारोमिक सनरुफलगायत फिचर पनि छन् । कारमा १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । नेपाली बजारमा एमजी एचएसको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सैन्य पृष्ठभूमिबाट उदाएको एसयुभी ब्रान्ड जिप कम्पासको अपग्रेडेड भर्सन पनि नयाँ वर्षमा सार्वजनिक गरिँदै छ । तीन वर्षअघि नाडा अटो सोमा सार्वजनिक भएको कम्पास क्यापाबिलिटी र बिल्ड क्वालिटीका कारण नेपालमा निकै रुचाइएको छ । नयाँ वर्ष पारेर नेपालमा सार्वजनिक हुन लागेको एसयुभी कम्पासको चौथो पुस्ता हो । 

नयाँ पुस्ताको कम्पासमा ५० सुरक्षा फिचर, ३० प्रिमियम फिचर र २० पायोनियरिङ टेक्नोलोजी हुनेछन् । नयाँ कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेलमा १.४ लिटर मल्टिएयर पेट्रोल र २.० लिटरको मल्टिजेट टर्बो डिजेल इन्जिनमा उपलब्ध हुनेछ । वायरलेस चार्जिङ, ३६० डिग्री क्यामरा, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, भेन्टिलेटेड फ्रन्ट सिट, ८ वे पावर सिट, इलेक्ट्रोनिक टेलगेटजस्ता प्रिमियम फिचरहरूले कम्पास सुसज्जित हुनेछ । नयाँ कम्पासको मूल्य ८३ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म हुनेछ । 

नयाँ वर्षमा रेनोको चर्चित मोडल काइगर नेपाली बजारमा भित्रिँदै छ । रेनोको नेपालका लागि आधिकारिक विक्रेता एडभान्स अटोमोबाइल्सले वैशाखमा कम्प्याक्ट एसयुभी काइगर सार्वजनिक गर्ने तयारीमा छ । १.० लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन रहेको काइगरको ५ स्पिड गियर बक्समा उपलब्ध छ । एडभान्स अटोमोबाइल्सले काइगर नेपाल भित्रिँदा कति मूल्य पर्छ भनेर अझै सार्वजनिक गरेको छैन ।  

कोभिडकै बीचमा नेपाली बजारमा रि–इन्ट्री गरेको मलेसियन ब्रान्ड प्रोटोनले एसयुभी मोडल एक्स ७० वैशाखमा सार्वजनिक गर्दै छ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा अटोमोबाइल्सले प्रोटोनलाई पुनः नेपाली बजारमा भिœयाएको हो । कम्पनीले सुरुमा सेडान भेरियन्ट साँगा सार्वजनिक गरेको थियो । यसले नेपालमा एसयुभी जिप, टक्सन, स्पोर्टेज गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रोटोन एक्स ७० १.५ लिटर टर्बोचाज्र्ड थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध हुने बताइएको छ । ७ स्पिड डिसिटी ट्रान्समिसन भएको यो गाडी टू ह्विल ड्राइभ र फोर ह्विल ड्राइभमा उपलब्ध हुनेछ । यसमा ६ वटा एयरब्याग, एबिएस विथ इबिएस, ३६० डिग्री क्यामरा, ८ स्पिकर, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, क्लाइमेट कन्ट्रोल विथ स्मार्ट एयर प्युरिफायर सिस्टमलगायत दर्जनौँ फिचरहरू राखिएका छन् । कम्पनीले अझै नेपाली बजारमा एक्स ७० को मूल्य सार्वजनिक गरेको छैन । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment