राजस्व छल्ने पाँच फर्म विरुद्ध मुद्दा

२१ चैत, काठमाडौँ । राजस्व छली गर्ने पाँच फर्मलाई राजस्व अनुसन्धान विभागले जरिवानासहित कैद माग्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व छल्ने ओम श्रीराम इन्टरप्राइजेजका ५ फर्मलाई ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ जरिवानासहित कैद माग्दै शुक्रबार मुद्दा दर्ता गरेको हो ।

गुरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका सञ्चालक सुरेश सहनी मलाह र उक्त फर्मका बैंक खाता सञ्चालक रामप्रसाद महतोविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

  • राजस्व छली गर्ने ओम श्रीरामका प्रोपाइटर वीरेन्द्रराम चमार,
  • एभरेस्ट नेपाल ट्रेड कन्सर्नका प्रोपाइटर महेश हजारा,
  • भिजन इन्टरप्राइजेजका प्रोपाइटर दुर्गेशकुमार झा,
  • उक्त फर्मको बैंक खाता सञ्चालक नसिबकुमार झा, |



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment