अमेरिकामा २ करोड ३८ लाखभन्दा धेरैले जिते कोरोना

२१ चैत, काठमाडौँ । अमेरिकामा २ करोड ३८ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा ७१ हजार २४४ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ३८ लाख २५ हजार ६३५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ६७ हजार ६१० पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ६९ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड १३ लाख १४ हजार ६२५ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment