दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई दर्जन बढी घाइते

२० चैत, दाङ । घोराही–लमही सडक खण्डको मसोट पुल नजिक बस दुर्घटना भएको छ ।

घोराहीबाट लमहीतिर जादैं गरेको लु १ ख ९८६३ नम्बरको बस साँझ मसोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनामा दुई दर्जन बढी घाइते भएका छन् ।

घाइतेहरुको उद्धार भैरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment