काठमाडौँको फोहाेर आजबाट उठ्ने

२० चैत, काठमाडौँ । स्थानीयवासीले अवरोधपछि एक हप्तादेखी उठ्न नसकेको फोहोर आजबाट उठाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाले नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका स्थानीय वासिन्दाको माग पूरा गर्ने र उनीहरुले पनि फोहोर फाल्न दिने सहमति भएको हो ।

एक हप्तादेखि सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरी फोहोर फाल्न अवरोध गर्दे आएका थिए ।

महानगर र सिसडोलका स् थानीयबिच सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई शुक्रबारमध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहोर लगिने गरिएको छ ।

दीर्घकालीन ल्यान्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment