शुक्रबार ९ सयले वृद्धि भयो सुनको मूल्य

२० चैत, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन तोलाको ८६ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७३० ५९ डलर भएको छ । चाँदी प्रतिऔंस २४ ९७ डलरमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतिऔंस १७११.९४ डलर र चाँदी २४.२८ डलरमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment