भारतमा बढ्दो कोरोना संक्रमण : ७२ हजारभन्दा बढीमा कोभिड १९ पुष्टि, ४५९ जनाको मृत्यु

१९ चैत, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ७२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानसम्ममा ७२ हजार ३३० जनामा संक्रमण देखिएको हो ।

यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २२ लाख २१ हजार ६६५ पुगेको छ। बुधवारसम्म ४० हजार ३८२ जना डिस्चार्ज हुँदा भारतमा हाल ५ लाख ८४ हजार ५५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ४५९ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतभर कोरोनाका कारण १ लाख ६२ हजार ९२७ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो केही सातादेखि भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ। आज पुष्टि भएको मृत्यु र संक्रमण केही महिनायता कै सर्वाधिक हो।

संक्रमण बढेसँगै भारतका केही राज्यहरुले निश्चित शहर र क्षेत्रमा लकडाउन गरिसकेको छ। साथै केही क्षेत्रहरुमा प्रतिबन्ध लगाएको छ। यद्यपि, संक्रमणको अवस्था बढ्दै जाँदा केन्द्र र राज्य सरकारले फेरि लकडाउन वा कडा प्रतिबन्ध लगाउने तिर योजना बनाइरहेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment