प्रधानमन्त्रीले बोलाए आज साँझ मन्त्रिपरिषद बैठक, सिंहदरबारमा बस्ने

१९ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्दै आएको बैठक आज भने सिंहदरबारमा बस्न लागेको हो ।

साँझ ६ बजे बस्ने बैठक नियमित भएको र नियमित एजेन्डामै छलफल हुने बताइएको छ । झन्डै डेढ वर्षपछि सिंहदरबारमा पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

यसअघि कोभिड–१९ संक्रमण र प्रधानमन्त्री ओली बिरामी भएका कारण मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै आएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment