आइफल डक्टरले बनाएकाे बाटो आरोहण तयारी शुरु

१७ चैत, काठमाडौं । वसन्तऋतुको आरोहण तयारीका लागि सगरमाथाको पहिलो क्याम्पसम्म बाटो निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरको टोलीले छ हजार मिटरको पहिलो क्याम्पसम्म बाटो निर्माण सम्पन्न गरी उकालो लागेको आधार शिविरबाट माउन्टेन गाइड दानुरी शेर्पाले जानकारी दिनुभयो ।

बैशाख पहिलो सातासम्म बाटो निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । आइसफल डाक्टरको टोलीले दोस्रो क्याम्पसम्म बाटो निर्माण गर्ने छन् भने त्यसपछि आरोहण सञ्चालक संघले चुचुरोसम्मको बाटो निर्माण गर्नेछ ।

यस वर्ष आरोहण सञ्चालक संघले सेभेन समिट ट्रेकलाई बाटो निर्माणको जिम्मा दिइएको जनाएको छ । दोस्रो क्याम्पसम्मको बाटो निर्माणसम्पन्न पछि सेभेन समिट ट्रेकले तत्कालै चुचुरोसम्मको बाटो निर्माणमा जुट्ने तयारी थालेको प्रमुख मिङमा शेर्पाले बताउनुभयो । यस वर्ष चीनले सगरमाथा आरोहण बन्द गरे पछि नेपालतर्फको बाटो हुदै आरोहण गर्ने आरोहीको संख्या तीन सय भन्दा बढी हुने भएकाले आरोहणमा ट्राफिक जाम हुनसक्ने भन्दै बाटो निर्माणलाई चाँडै सक्नु पर्ने र तालिका बनाएर आरोहण गराउन पर्यटन विभाग लागि परेको जनाएको छ । बैशाख दोस्रो सातादेखि चुचुरो आरोहण शुरु गर्ने लक्ष एजेन्सीहरुले राखेका छन् ।

डोरी टाँग्ने र भर्याङ लगाउने कार्य गरी आरोहणका लागि चुचुरोसम्म बाटो निर्माण गर्ने गर्छ । नेपालका हिमाल आरोहण गर्दा अनिवार्य डोरी टाँग्ने चलन छ र डोरीकै सहायताले आरोहीहरू चुचुरोसम्म पुग्ने गर्छन् । यता अन्नपूर्ण हिमालमा समेत आरोहण तयारीका लागि बाटो बनाउने काम शुरु गरेको आधारशिविर पुगेका आरोही माया शेर्पा जानकारी दिनुभयो । अन्य वर्षभन्दा धेरै आरोही भएकाले आरोहणका क्रममा बाटोमा भीड हुनसक्ने भन्दै बाटो निर्माणको काम चाँडै सक्ने गरी तयारी थालेको शेर्पाले बताउनुभयो ।

यता आरोहण दल लिएर पुगेका एजेन्सीहरुले भने आरोहण सफल होस् भन्दै पूजा शुरु गरेका छन् । आरोहण बाटो निर्माण सफलताको कामना सहित आधारशिविरका कामदार, आरोही र गाइडको सुरक्षित आरोहणको कामना गर्दै पूजा आइतबार सम्पन्न गरेको एसेन्ट हिमालयका गाइड छिरिङ पेम्वा शेर्पाले बताउनुभयो ।

उहाँको आरोहण दलका क्यानाडा, अमेरिका, नर्वे र फ्रान्सका आरोहीहरु आधारशिविर आउने क्रममा रहेकाले यसअघि नै पूजा सम्पन्न गरेको उहाँको भनाइ छ । यस अघि आइसफल डाक्टरहरुले भने पूजा सम्पन्न गरेर मात्र सगरमाथाको बाटो निर्माणतर्फ अघि बढेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment