“ओली असली एमाले होइनन् नक्कली एमाले हुन् , हामी असली एमाले हौँ,” – माधव नेपाल

ओली-नेपाल नदीका दुई किनारा !

१७ चैत, काठमाडौं । समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि उनीहरूबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ। राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यताबाटै निलम्बन गर्ने तहसम्म पुगेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुईजना नेताहरुलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
उनले सोमबार माधवकुमार नेपाल र भीम रावललाई पत्र पठाइ कारबाही गरेको जानकारी गराएका छन् ।

ओलीले पत्रमा अब पनि पार्टी विरोधी गतिविधि गरे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

तर नेपालले भने यसलाई अस्वीकार गरिदिएको बताएका छन् । अध्यक्ष ओलीले कारबाही गरिसकेपछि नेता नेपालले ओलीले नै पार्टी छाडेर गए हुने प्रतिक्रिया दिएका छन् ।

“उहाँको यो कारबाहीलाई पूर्णरुपमा अस्वीकार गर्छु । उहाँले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर अवैधरुपमा महाधिवेशन आयोजक कमिटी बनाउनुभयो । यो अवैधानिक भएकाले भ्रत्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु,” नेपालले भने, “यो उहाँको निरंकुश र स्वेच्छाचारी कृत्य हो ।

देशभरका कार्यकर्तालाई दृढतापूर्वक यसका विपक्षमा उभिन, विचलित नभइकन केपी ओली गुटको अवैधानिक कामका विरुद्धमा उभिन आह्वान गर्दछु ।”

नेता नेपालले एमाले नछाड्ने यहीँ बसेर संघर्ष गर्ने बताएका छन् ।

“अब देशव्यापीरुपमा गएर यही पार्टीलाई अघि बढाइन्छ । केपी शर्मा ओली असली एमाले होइनन् नक्कली एमाले हुन् । हामी असली एमाले हौँ,” उनले भने, “ उनले छाडेर गए हुन्छ । हामी छाड्दैनौँ । अब जिल्ला जिल्लामा संगठन बढाउन कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।” उनले कार्यकर्तालाई विचलित नहुन पनि आग्रह गरे ।

“अहिले निरास हुने बेला होइन । समस्याहरु आउँछन् । बेला बेलामा निरंकुश प्रवृत्ति भएका व्यक्तिहरु आउँछन् । केपी ओलीको दक्षिणपन्थी, आत्मसमर्पणवादी सोचको कारणले समस्या आएको हो । उनमा अहंकार, दम्भ र उन्माद देखा परेको छ । पार्टीको कुनै माया छैन,” उनले भने ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment