ललिता प्रकरण: सर्वोच्च‍ अदालतमा नेपाल र भट्टराईविरुद्धको मुद्दा सुनुवाई हुँदै

१६ चैत, काठमाडौँ । बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सर्वोच्च‍ अदालतमा सोमबार पुनः पेशी चढेसँगै सुनुवाई सुरु भएको छ।

यसअघि पेशीमा चढेर स्थगित रहेको मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासमा सोमबार मुद्दाको पेशी एक नम्बरमा राखेर सुनुवाई भइरहेको छ।

बालुवाटार सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै २०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ मन्त्रीसहित १ सय ७५ जनाविरुद्ध मुद्धा चलाएको थियो । नेपाल र भट्टराई प्रधानमन्त्री भएका बखत ललिता निवासको जग्गा व्यक्तिको नाममा भएपछि दुवैविरुद्व पनि मुद्दा चलाउन माग गरिएको थियो ।

सरकारी जग्गा निजीमा रुपान्तरण गर्न मन्त्रिपरिषद्कै हात रहेको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए।

२०६६ सालमा नेपाल र २०६९ सालमा भट्टराई प्रधानमन्त्री भएका थिए। त्यहीँ समयमा बालुवाटारको ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा रुपान्तरण गरिएको थियो ।

आयोगले २०७६ माघमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment