संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको ७१ वर्षको उमेरमा निधन

१६ चैत, काठमाडौं । संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको आज विहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका निधन भएको छ । भण्डारीको निधन ७१ वर्षको उमेरमा निधन भयो ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

स्वर्गीय भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको शोक शोक वक्तव्य जनााएको छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

संविधान सभा सदस्य लक्ष्मीदेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको भूमिकाको स्मरण गर्दै सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment