लागूऔषध सेवन परीक्षण सुरुवात

१६ चैत, ललितपुर । फागु पूर्णिमा (होली)लाई मर्यादित एवं सुरक्षित बनाउन ललितपुर जिल्लाको १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्‍यापिड टेष्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागूऔषध सेवन परीक्षणको सुरुवात गरेको छ ।

होलीको दिन आइतबार लागूऔषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो ।

सवारी साधन जाँचको क्रममा १६ जनालाई नियन्त्रणमा लिनुको साथै ४ सय ३५ जनालाई ट्राफिक कारबाही गरी १ सय ६५ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment