बाग्लुङको अमानवीय घटना अत्यन्तै निन्दनीय दोषीलाई अविलम्ब पक्राउ र कारबाही गर: नेपाली कांग्रेस

१६ चैत, काठमाडौं । हिजो भएको फागुपूर्णीमा भएको बाग्लुङ घटनामा नेपाली कांग्रेसले अमानवीय घटना अत्यन्तै निन्दनीय जनाएको छ । साथै कांग्रेसले उक्त घटनामा घटाएका दोषीलाई अविलम्ब पक्राउ र कारबाही माग गरेको छ ।

नेपाली कांग्रेसले विज्ञप्ति निकाल्दै उक्त अमावीय घटनाको विरोघ जनाएको हो ।

विज्ञप्तिमा कांग्रेस पार्टीले बागलुङ जिल्लाको गुल्मी र प्यूठानसंगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होलि खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ उल्लेख गरेको छ ।

घटनामा प्रकाश कुंवर र दिपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुंवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् । दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ ।

प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ । घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेल सहित पार्टीको टिम सोमबार बिहान घटनास्थल पुग्दै गरेको कुरा बताएको छ ।

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कार्वाही अघि बढाउन नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment