निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर : प्रहरी

१६ चैत, धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान गर्दै आएको प्रहरी टोलीले निर्मलाको घटनामा संलग्नहरुको पहिचान गरी अनुसन्धानको अन्तिमतिर पुगेको जनाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताउँदै उनले भने– ‘निर्मला प्रकरणमा अब हामी अन्तिम चरणमा पुगेको र पात्र भन्दा पनि प्रमाण संकलनको चरणमा छौँ ।’

डीआइजी सुवेदीले बैतडीकी किशोरी भागरथी प्रकरणपछि निर्मला घटना बारे विश्वासिला सूचना प्राप्त भई घटनाको अनुसन्धान अन्तिमतिर पुगेको बताए । उनले अब करिब १५/२० दिनभित्र अनुसन्धान टुंग्याउनेतर्फ क्रियाशिल रहेको र सकभर यो महिनाभित्र निर्मला घटनाबारे निष्कर्षमा पुग्ने बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले पनि उक्त घटना केही दिनभित्रै टुङ्गोमा पुग्ने दाबी गरे। ‘निर्मला प्रकरणको अब महिना हैन दिन गणना सुरु भइसकेको छ । केहीदिन भित्रै अपराधी हाम्रो नियन्त्रणमा आउँछ,’ उनले भने। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment