टेस्लालाई टक्कर दिँदै गिली

१५ चैत, बीबीसी । चीनको सबैभन्दा ठूलो कार निर्माता गिलीले प्रिमियम विद्युतीय कार ब्रान्ड लन्च गर्ने भएको छ जसले एलन मस्कको टेस्लालाई टक्कर दिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । भोल्भो र लोटससमेतको मालिक रहेको यस चिनियाँ कम्पनीले मंगलबार आफ्नो जिकर ब्रान्डमार्फत चीनमा विद्युतीय कारको माग पूरा गर्ने बताएको छ ।

टेस्लाको उत्पादनबारे विवाद जारी रहेकै बेला यसअघि एलन मस्कले कार्बन उत्सर्जनको समस्या समाधानमा चीनका प्रयासहरुको प्रशंसा गरेका थिए ।

टेस्लाका गाडीको बाहिर जडान क्यामरा सम्बन्धी चिनियाँ पक्षलाई चिन्तामुक्त बनाउन उनले लगातार प्रयास गरिरहेका छन् ।

गिलीले जिकर ब्रान्ड अन्तर्गत उच्च स्तरीय विद्युतीय गाडी उत्पादन गर्ने बताएको छ जसको डेलिभरी २०२१ को मध्यतिर सुरु गरिनेछ ।

यो कम्पनी पहिले नै आफ्नो स्वामित्वमा रहेको ब्रान्डमार्फत प्रिमियम विद्युतीय गाडीहरुसँग सम्पर्कमा रहँदै आएको थियो । भोल्भो कारको स्वामित्वमा रहेको पालेस्टारले प्रभावकारी विद्युतीय कार निर्माण गर्ने गरेको छ जसको हेडक्वाटर स्वीडेनमा छ तर उत्पादन चाहिँ चीनमा गरिनेछ ।

गिलीको अधिकांश हिस्सा रहेको लोटसले पनि विद्युतीय सुपर–कार सम्बन्धी काम गरिरहेको छ । जिकरको स्वदेशी विद्युतीय ब्रान्ड गत वर्ष चीनमा सर्वाधिक बिक्री हुने गाडीमध्येको एक थियो जसले टेस्लालाई प्रतिस्पर्धा दिएको छ ।

चीन सरकारले २०२५ सम्ममा देशभित्र बिक्री हुने एक चौथाइ भन्दा धेरै गाडी विद्युतीय बनाउने प्रतिज्ञा गरेको छ । गिलीले चाहिँ चीनको पहिलो ग्लोबल कार निर्माता बन्ने लक्ष्य राखेको छ जसको पहुँच भक्सवागन समान हुनेछ ।

यसको प्रारम्भिक व्यवसायिक रणनीति चिनियाँ बजारमा केन्द्रित रहनेछ र पछि समय अनि अवसर मिलेसँगै विश्वव्यापी मागको पनि सम्बोधन गर्ने बताएको छ ।

मंगलबार गिलीले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा २०२० मा यसले १३ लाख गाडी बिक्री गरेको उल्लेख छ ।

उता टेस्लाको गाडी चाहिँ चीन सरकारले केही क्षेत्रमा प्रयोग निषेध गराएको छ । टेस्लाले गाडी भित्र जडान क्यामराबाट संकलित डाटाहरु के कसरी उपयोग गर्छ भन्ने चिन्ताका कारण चीनले सरकारी अधिकारी र सैन्य विभागका स्टाफहरुलाई यसको प्रयोग गर्न अनुमति नदिएको हो ।

यस्तोमा मस्कले चिनियाँ रजानीतिज्ञ र व्यवसायीहरुसँग भिडियो कल गर्दै टेस्लाले कुनै पनि देश भित्रका डाटाहरु अमेरिकी सरकारलाई नदिने स्पष्ट पारेका हुन् । २०२० मा टेस्लाको विश्वव्यापी आम्दानीको एक चौथाइ भन्दा बढी हिस्सा चीनबाट आएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment