प्रधानमन्त्री द्वारा समवेदना ब्यक्त

१५ चैत, काठमाडौं नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संविधानसभा सदस्य नविन्द्रराज जोशीको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको खबरले मलाई अत्यन्त दुःख लागेको छ । यस दुःखद् घडीमा दिवंगत नविन्द्रराज जोशीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली कांग्रेसका नेता कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

२०६४ र २०७० सालमा संविधानसभाका सदस्य रहनु भएका जोशी २०७३ सालमा मन्त्री समेत हुनु भएको थियो । लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नु भएका जोशीले नेपाली कांग्रेसभित्रका निष्ठावान, इमान्दार, जुझारु छवि निर्माण गर्दु भएको थियो ।

दिवंगत नविन्द्रराज जोशीप्रति पुनः हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

प्रधानमन्त्री केपी शर्मा आेली



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment