बंगलादेशमा मोदी भ्रमणको विरोधमा प्रदर्शन, कम्तिमा ४ जनाको मृत्यु

१४ चैत, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा बंगलादेशमा ५ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विरोध प्रदर्शनमा ५ जनाको मृत्यु भएको हो । प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बीबीसीका अनुसार प्रहरीसँग भएको हिंस्रक झडपका क्रममा ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको जनाइएको छ । झडपमा परेर थुप्रै पत्रकारहरू समेत घाइते भएका छन् ।

बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि विरोध जुलुस निस्किएको थियो । सो जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । चटगाउँ मेडिकल कलेजका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा भने कि अस्पतालमा ल्याइएका कम्तीमा चार घाइतेको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment