सानिमा ब्यांकको शाखा कीर्तिपुरमा

१३ चैत, काठमाडौँ । ब्यांकले १७ फागुनमा कीर्तिपुरस्थिति पाङ्गा दोबाटोमा ब्यांकको कार्यालय स्थापना गरेर बैंकिङ सेवा शुरूआत गरेको हाे। शाखा कार्यालयको ब्यांकका ब्रान्ड प्रवर्द्धक तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले उद्घाटन गरेका हुन्।

कार्यक्रममा मह जोडीले कीर्तिपुरमा सानिमा ब्यांंकको कार्यालय सञ्‍चालनमा आएकोमा ब्यांकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय ब्यांककाे रूपमा अगाडि बढिरहेको बताए। मह जाेडीले ब्यांकको थप सफलताको शुभकामना पनि दिए।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सानिमा ब्यांकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले ब्यांकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग गर्न पनि आग्रह गरे। सानिमा ब्यांकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटीएम सेवा सञ्‍चालनमा छन्। 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment