सर्वोच्चबाट सफाई पाए मेगा पीडित शम्भु थापा

१३ चैत, काठमाडौँ । श्रम अदालतले तात्कालिन मेगा बैंक मुख्य शाखा कान्तिपथका प्रबन्धक शम्भु बहादुर थापालाई खाईपाई आएको तलब, सेवा सुविधा, उपदान लगायतका पारिश्रमिक दिन फैसला गरेको छ ।

थापामाथि बैंकले लगाएको बैंकिङ कसुरको मुद्धामा सर्वेच्च अदालतले २०७६ साल साउन २० गते निर्दोष भन्दै भनि सफाई दिएको थियो । तर बैंकले समेत सर्वोच्चको फैसलालाई लत्याउदै तलब भत्ता तथा जागिरमा पुर्नबहाली नगरेको भन्दै पीडित थापा श्रम अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए । पुनर्वहालिको समेत माग गर्दै थापा बैंकमा निबेदन दिन पुगेका थिए । थापा विरुद्ध हालका मेगा बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनुपमा खुजेलीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

  • श्रम अदालतका अध्यक्ष राम वली,
  • न्यायाधीशसद्वय प्रेम राई,
  • निशा बाँनिया,

बुधबार ११ गते बसेको इजलासले थापाले २०७१ माग ७ गते देखि २०७७ चैत्र ११ सम्मको करिब ६ वर्ष अवधिको खाई पाई आएको तलब, सेवा सुविधा, उपदान लगायतका पारिश्रमीक दिन फैसला गरेको हो ।

थापाको तर्फबाट बिगतदेखि नै जिल्ला उच्च र श्रम अदालतमा हाल महान्यायधिवक्ता नियुक्त भएका रमेश बडालले वकालत गर्दै आएका थिए । बुधबारको ईजलासमा भने अधिवक्ता विनय रेग्मि, श्रीकान्त बराल, शिवराम श्रेष्ठ र गरिमा ढुंगानाले वकालत गरेका थिए ।

मेगा बैंकका तात्कालिन प्रबन्धक थापा २०७१ साल माग ७ गते पक्राउ परेका थिए । मेगा बैंकले उनीमाथि बैंकीङ कसुर, सरकारी कागजात किर्ते लगायतको मुद्धा हालेको थियो तर जिल्ला अदालत काठमाडौंले सरकारी कागजात किर्ते मुद्धामा २०७३ साल माग १३ गते निर्दोष भनि सफाई दिएको थियो । उच्च अदालत पाटनले सोही मुद्धामा २०७५ साउन २८ मा जिल्लाकै फैसलालाई सदर गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment