कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) निधन भएको छ ।

गएको फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

मष्तिष्कघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो ।

अस्पतालका अनुसार शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment