बालबालिका ‘इमानदार हुनु’ प्रधानमन्त्री ओली

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इमानदार भएर काम गर्न बालबालिकाहरूलाई आग्रह गरेका छन्।

बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याबारे छलफल र सुझाव लिन देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका बालबालिकाहरूलाई उनले भने‘ ‘तपाईँहरूले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ।’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार ढङ्गले सहभागी हुन सुझाव दिएका थिए।

उनले नेपालका बालबालिका ज्ञानमा निपुण तथा आविष्कारक पूर्वजको सन्तति भएको बताउँदै मेहनत गरे जुनसुकै काम गर्न पनि बालबालिकाहरू सक्षम हुने बताए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment