ग्लोबल आइएमई बैंक लिमिटेडको यो साता चार नयाँ शाखा विस्तार

१३ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यो साता चार नयाँ शाखा विस्तार गरेको छ । ग्लोबल आइएमईले बाजुरा, नवलपरासी, मोरङ र झापामा नयाँ शाखा विस्तार गरेको हो । 

बैंक लिमिटेडले शुक्रबारदेखि नवलपरासीसहित तीन जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  नवलपरासी जिल्लाको रामग्रामनगरपालिका–३, परासी, मोरङजिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

ग्लोबल आइएमई बैंकले यसै साता जिल्लामै पहिलो पटक बाजुराको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखाको सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले यसैसाता सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा समेत सञ्चालनमा ल्याएको छ ।
बैंकले,सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं. ४, फाप्लुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गर्नुभएको थियो ।

यस्तै ग्लोबल आइएई बैंक लिमिटेडले यसैसाता ‘ग्लोबल ईकम डलर कार्ड’जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधानअनुरुप बैंकले यस्तो डलर कार्ड जारी गरेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment