ग्लोबल आइएमई बैंकले जारी गर्‍यो ग्लोबल ईकम डलर कार्ड

१३ चैत, काठमाडौं । ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधानअनुरुप बैंकले यस्तो डलर कार्ड जारी गरेको हो ।

बैंकले जारी गरेको डलर कार्डबाट भारतबाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेट फ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्स अपलगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्धन गर्न सकिनेछ ।

ग्राहक वर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेस गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवाशुल्क तिरेर यो सुविधा लिन सक्नेछन् । साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आफैँले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाह लिन सकिनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment