ओलीलाई रावलको प्रतिस्पष्टीकरण १८ करोड खै ?

१३ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १८ करोड हिनामिना गरेको आरोप लगाएका छन् । 

पार्टीले सोधेको स्पष्टीकरण पत्रमाथि प्रतिस्पष्टीकरण सोध्दै नेता रावलले ओली माथि १८ करोड हिनामिना गरेको आरोप लगाएका हुन् ।

“तपाईले बालुवाटारमा गुटको भेला गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधानविपरीत अलग केन्द्रीय कमिटी र मातहत कमिटीका साथै जनवर्गीय संगठनहरू बनाउने अवैधानिक काम गर्नुभएपछि तपाईका त्यस्ता पार्टी विरोधी गतिविधिबाट पार्टीको हित सुरक्षा गर्ने नेपाल कम्युनिष्ट पार्टी (ने क पा), स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णय अनुरुप सुदूरपश्चिम प्रदेश कमिटीका सचिव र कार्यालय सचिवले बैंक खाता संचालनमा आफ्नो हस्ताक्षरको प्रयोग गरी पार्टीको कोष सुरक्षित गरेको कुरालाई मसंग गाँसेर “आर्थिक अनुशासनहीनता र पार्टी सम्पत्तिको हिनामिना गरेको” भन्ने जस्तो झुठो र हास्यास्पद कुरा पत्रमा उल्लेख गर्नलगाएको देख्दा तपाई जनमानसमा भ्रम छर्न कति उद्यत हुनुहुँदोरहेछ भन्ने कुराको पुष्टि हुन्न र ?,” उनले सोधेका छन् ।
पूर्णपाठ यस्तो छ–



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment