ज्यान जोगाउन बंकर बनाउँदै बर्मेली…

१३ चैत, काठमाडौं । कचिन स्वतन्त्र सेना (केआईए) र सरकारी सेनाको गोलावारीबाट जोगिन शरणार्थीहरुले टोल–टोलमा बंकर बनाउन थालेका छन्। गत सातादेखि उनीहरुलाई शरणार्थी शिविरमा बस्न सजिलो छैन। म्यान्मारको ‘सैन्य कू’ पछि गाउँ–गाउँमा विद्रोही संगठनहरु सक्रिय हुन थालेका छन्।

राज्यविरुद्ध विद्रोह गरिरहेको कचिन स्वतन्त्र सेना (केआईए)ले सरकारी सुरक्षा फौज लक्षित कारवाही सुरु गरेको छ। गत मार्च–२१ मा कचिन प्रान्तस्थित विभिन्न स्थानमा भएको सरकारी सेना र विद्रोही सेनाबीचको मुठभेडले स्थानीय त्रसित छन्।

सरकारी सुरक्षा फौजको गोलाबारीले शरणार्थी शिविरनजिकै विस्फोट भएपछि थ्रुपै मानिस घाइते भएका छन्।

पछिल्लो समय कचिन प्रान्तमा जारी विद्रोह ‘सैन्य कू’ विरुद्ध भएको केआईएले बताएको छ। 

सोमबार साँझ सरकारी सेनाले कचिन स्वतन्त्र सेनाको पोष्टमा भारी हतियारसहितको हमला गर्दा लडाईको सामना गर्नुपरेको थियो। त्यसको भोलिपल्ट विद्रोही सेना केआईए र म्यान्मार सरकारी सेनाबीच दोनमा रहेको तेस्रो बटालियनमा पनि भिडन्त भएको थियो। 

म्यान्मार सैन्य ‘कू’पछि मात्रै सरकारी सेना र विद्रोही सेनाबीच कम्तिमा ७ पटक झडप भइसकेको छ। कचिन राज्यमा जनभावना अनुरुप पछिल्लो समय कचिन स्वतन्त्र सेनाले रणनीतिक योजनाका साथ सरकारी पक्षलाई आक्रमण गरिरहेको छ। प्रजातन्त्रमाथि ‘कू’ गरेयता बर्मेली जनता सरकारी सेनाको विरूद्धमा आन्दोलित बनेका छन्। 

जनसमर्थनको अपेक्षामा गरेको विद्रोही केआईएले आफ्नो गतिविधिलाई तिब्र बनाउन थालेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment