राष्ट्र बैंकद्वारा १ रुपैयाँका ३० करोड थान सिक्का आपूर्तिका लागि खरिद सम्झौता

१२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँका ३० करोड थान नयाँ सिक्काका लागि खरिद सम्झौता गरेको छ । केन्द्रीय बैंकले सिक्का डिजाइन, टकमरी तथा आपूर्तिका लागि आह्वान गरेको बोलपत्रमार्फत छानिएको पोल्यान्ड वारसाको मेन्निका पोलस्का कम्पनीसँग मंगलबार खरिद सम्झौता भएको हो ।

कम्पनीसँग ५१ लाख १५ हजार युरोमा खरिद सम्झौता भएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले २० पुसमा उल्लेखित परिमाणमा नयाँ सिक्का डिजाइन, टकमरी तथा आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आह्वान गरेको थियो ।

प्राप्त बोलपत्रको मूल्यांकनका क्रममा मेन्निका पोलस्का कम्पनीले न्यूनतम मूल्यांकित प्रभावग्राही बोलपत्र पेस गरेकाले सो कम्पनीसित खरिद सम्झौता गरेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment