दुई हजार ८९१ परीक्षणमा १२० मा सङ्क्रमणको पुष्टि

१२ चैत, काठमाडौं । नेपालमा कोरोनाभाइरसका १२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ । पछिल्लो केही दिन यता सङ्क्रमित हुनेको संख्या बढेसँगै आइसोलेशनमा बस्नेको संख्यासमेत वृद्धि हुँदै गएको छ ।

बुधबारसम्म एक हजार १८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा चौबीस घण्टामा थपिएकासँगै सक्रिय सङ्क्रमित एक हजार २१७ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ८५ जना सङ्क्रमित निको भएका छन् । निको भएका कूल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २७२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको छैन । हाल ५५ जना क्वारेन्टिनमा छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment