नक्कली नेपाली नोट सहित दुई जना पक्राउ

१२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका-३ बस्ने रौतहट गुजरा नगरपालिका-२ घर भएका ३५ वर्षीय गन बहादुर लोप्चानलाई नक्कली जस्तो देखिने नेपाली नोट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिई आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान नक्कली जस्तो देखिने नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।


साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गन बहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कली जस्तो देखिने नेपाली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि security thread बनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको छ ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उनीहरुलाई कालिमाटी बृतबाट खटिएका प्रहरीले नियन्त्रणपछि लिएको वयानको आधारमा २३:३० बजे कीर्तिपुर नगरपालिका वडा न ३ समल टोलस्थित बेखालाल महर्जनको घरमा माघ ७ गतेदेखि डेरागरी बस्ने गनबहादुर लोप्चनलेको ७७ हजार नक्कली रुपैया सहित नक्कली रुपैयाँ बनाउन प्रयोग हुने निम्न समानहरु बरामद गरि नियन्त्रणमा लगेको ।


उक्त ब्याक्तिको साथबाट प्रहरीले निम्न परिणामको रकम र समान बरामद गरेको ।
–छाप्दै गरेको हजार दरको नोट -४९
–छाप्दै गरेको पाँच सय दरको नोट – ५६
–सय दरको १ थान
–इप्सन ब्रान्डको थ्री वान प्रिन्टर मेसिन
— ए फोर साइज पेपर
–पेपर काटने कैँची १थान
–स्केल १ थान
— पेपर कटर
–स्ट्यापलर
–निजको नागरिकता

  • राहदानी १ प्रती
    –मोबाइल २थान
    –ल्यापटप १थान
    –ईप्सन प्रिन्टरमा लाग्ने पैसा छाप्ने मसिको वट्टा ४ थान लगायतका समान प्रहरीले बरामद गरेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment