बलिऊड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमण

१२ चैत, मुम्बई । बलिउड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उनी हाल घरमै क्वारेन्टिनमा बसेका छन्।

उनको प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उनी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै बसेको उल्लेख गरेको छ । तात्काल उनको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा छ । भारतमा कोभिड १९ को दोस्रो लहर आउँदा आमिर खान त्यसबाट प्रभावित हुने पहिलो बलिउड अभिनेता हुन् । एजेन्सी



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment