रेडपाण्डाको छाला र पासो सहित ३ जना पक्राउ


११ चैत, सोलुखुम्बु ।
महाकुलुङ गाउँपालिका-३ मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र बफरजोनबाट रेडपाण्डाको ७ थान छाला र रेडपाण्डा मार्न प्रयोग गरिने ५ थान पासो सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका-२ बस्ने ७६ वर्षीय जगत बहादुर राई, सोही गाउँपालिका-३ बस्ने ५७ वर्षीय मितुरधन राई र ५६ वर्षीय कविराखर राई रहेका छन् ।


बफरजोनभित्र वन्यजन्तु चोरी शिकारी तथा तस्करी भईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला र पासोसहित फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment