बाघको छाला तथा हड्डी सहित पक्राउ

११ चैत, लमजुङ । बाघको छाला र २ किलो २ सय ९० ग्राम हड्डी सहित दोर्दी गाउँपालिका-६ सिमी बस्ने ३४ वर्षीय मनराज गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।


मनराजले बाघ मारेर बाघको छाला तथा हड्डी समेतको तस्करी गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उक्त छाला र हड्डी सहित फेला पारी उनलाई पक्राउ गरेको   हो ।


मनराजलाई आवश्यक कारवाही एवं थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय लमजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment